बिहीबार, जेठ २, २०८२

यी हुन् विपत्‌बाट बच्‍न तत्काल गर्नैपर्ने काम ?

नेपालखोज २०७८ असार ३ गते १५:११

काठमाडौं । जल तथा मौसम विज्ञान विभागकी डा. इन्दिरा कँडेलले विपत्‌बाट बच्न सरकारले तत्काल गर्ने पर्ने कुराबारे सुझाव दिएकी छन् । उनले सामाजिक सन्जाल फेसबुकमार्फत निम्न सुझाव दिएकी छन् । उनले भनेकी छन्, ‘देशका उत्तरी जिल्लाहरु मनाङ र सिन्धुपाल्चोकको बाढी तथा पहिरोले सरकारलाई ठूलो पाठ सिकाएको छ। सरकारले जति सक्दो छिटो यी कार्यहरु गर्नुपर्ने देखिन्छ।

विपत्‌बाट बच्न गर्नैपर्ने कार्यहरु यस्ता छन्
१. देशको उत्तरी भू-भागहरुमा पनि स्वचालित मौसम तथा जल मापन केन्द्रहरु स्थापना गरी केन्द्रहरुको सन्जाल विस्तार गर्दै कहाँ के भइरहेको छ भनेर अनुगमन गर्ने र सो सूचना मोबाइल एसएमएस तथा विभिन्न माध्यमबाट प्रवाह गर्ने।

२. मौसम पूर्वानुमान गर्ने निकायलाई आवश्यक स्रोत र साधन उपलब्ध गराई मौसम पूर्वानुमानलाई जिल्ला तथा स्थानिय स्तरको पूर्वानुमान गर्न सक्ने गरी सवलीकरण गर्ने।

३. मौसम पूर्वानुमानमा आधारित बाढी पूर्वानुमान सेवा सबलीकरण गर्नुपर्ने।

४. मौसम पूर्वानुमानमा आधारित पहिरो पूर्वानुमानको लागि प्रविधिको विकास हुनुपर्ने।

५. पूर्व-सूचना प्रणाली सबलीकरण तथा प्रभावकारी बनाउनुपर्ने।

६. विपत् व्यवस्थापन (पूर्वतयारी, प्रतिकार्य र पुनर्निर्माण) विभिन्न निकायसँग अन्तरसम्बन्धित कार्य भएकाले सम्बन्धित निकायहरुसँगको उचित सहकार्य गर्ने।

७. विपत् जोखिम नक्सांकन हुनु पर्ने तथा निरन्तर अद्यावधिक गर्नुपर्ने।

८. प्रतिकार्य तथा पुनर्निर्माण कार्यका लागि आवश्यक स्रोत साधन उपलब्ध हुनुपर्ने आदि ।

प्रतिक्रिया