पूर्वसांसद कृष्णसिंह परियारको निधन
नेपालखोज
२०७८ असार ४ गते १२:१२

काठमाडौं । पूर्वसांसद कृष्णसिंह परियारको ७५ वर्षको उमेरमा निधन भएको छ ।
नेपाली कांग्रेसका नेता परियारको शुक्रबार बिहान बाँकेको नेपालगञ्जस्थित आफ्नै निवासमै निधन भएको हो । उनी मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए ।
उनी २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । २०४६ को जनआन्दोलनपछिको पहिलो संसदीय निर्वाचनमा निर्वाचित परियार तत्कालीन राज्य व्यवस्था समितिको सभापति बनेका थिए ।
परियार निष्ठावान नेताका रूपमा चिनिन्छन् । प्रतिबन्धितकालमा उनले नेपाली कांग्रेस बाँकेको सचिव भएर काम गरेका थिए ।
परियारका श्रीमती, ३ छोरी र ४ छोरा छन् ।
सम्बन्धित
प्रतिक्रिया