हेलम्बुमा अनेरास्ववियुको राहत, एमाले नेता नेपालले गरे बिदाई (भिडियो र तस्बिरसहित)

काठमाडौं । नेकपा (एमाले) माधवकुमार नेपाल समूहको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले हेलम्बु गाउँपालिकामा राहत वितरण गर्ने भएको छ ।
अनेरास्ववियु राहत सामग्री लिएर शुक्रबार हेलम्बु प्रस्थान गरेको छ । मेडिकले टिमसहितको अनेरास्ववियुको टोलीले चामल, चिउरा, दालमोठ, कम्बल, पाल, चाउचाउ, बिस्कुटलगायत सामग्री लिएर हेलम्बु गाउँपालिकास्थित बाढी प्रभावित क्षेत्रमा जान लागिएको अनेरास्ववियुकि नेतृ आरती लामाले बताइन् ।
राहत वितरणका लागि हेलम्बु जान लागेको अनेरास्ववियुको टोलीलाई एमाले नेता माधवकुमार नेपालले बाढीबाट सबैभन्दा बढी पीडामा परेका नागरिकको पहिचान गरी राहत वितरण गर्न निर्देशन दिए । उनले बेसहारा र असहायलाई पहिलो महत्त्व दिन पनि अनुरोध गरे । अनेरास्ववियुले जनताको पीडालाई आफ्नो पीडा ठानेर समस्या समाधानको निम्ति अग्रसरता लिएको मा धन्यवाद व्यक्त गरे ।
बाढीग्रस्त हेलम्बु गाउँपालिकामा १० लाखबराबरको राहत सामग्री वितरण गरिने अनेरास्ववियुले जनाएको छ ।


प्रतिक्रिया