सोमबार, वैशाख २९, २०८२

दक्षिण अमेरिकामा कोरोनाको नयाँ भेरियन्ट ल्याम्ब्डा

नेपालखोज २०७८ असार ५ गते ८:४२

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले २९ वटा देशमा कोभिड–१९ को एउटा नयाँ भेरियन्ट ल्याम्ब्डाको पहिचान गरिएको जनाउँदै यसको उत्पति दक्षिण अमेरिकामा  भएको बताएको छ । डब्लुएचओको पछिल्लो साप्ताहिक अपडेटमा दिइएको सूचना अनुसार कोरोना भाइरसको यो नयाँ प्रकार पहिलो पटक पेरुमा फेला परेको थियो ।

दक्षिण अमेरिकामा व्यापक उपस्थिति देखिएको उक्त ल्याम्ब्डा भेरियन्ट अहिले पेरुमा  व्यापक मात्रामा देखिएको छ । गएको अप्रिलदेखि हालसम्म पेरुमा देखा परेका कोभिडका बिरामीमध्ये ८१ प्रतिशत बिरामी यहि भेरियन्टको सिकार भएको पाइएको छ । सुरुमा यसलाई ब्राजिलमा फेला परेको गामा भेरियन्टभन्दा कम आँकिएको थियो । अन्य दक्षिण अमेरिकी देश अर्जेन्टिना र इक्वेडरले पनि आफ्नो देशमा कोभिडको यो नयाँ  भेरियन्टको संक्रमण  फैलिएको बताएको छ । 

डब्लुएचओका अनुसार ल्याम्ब्डा भेरियन्टमा पनि म्यूटेशन हुन्छ जसले संक्रमणलाई बढावा दिन्छ वा एन्टिबडी बिरुद्ध  भाइरसको प्रतिरोधलाई थप मजबूत बनाउँछ । जेनेभामा मुख्यालय रहेको एक गैर सरकारी संगठनका अनुसार कोरोनाको यो नयाँ भेरियन्ट कति घातक छ भन्ने बिषयमा सिमित जानकारी मात्र उपलब्ध छ । कोरोनाको यो नयाँ भेरियन्टलाई राम्रोसँग बुझ्न थप अध्ययन–अनुसन्धानको आवश्यकता छ ।

प्रतिक्रिया