मेलम्चीको बाढीले वडा कार्यालय, प्रहरी चौकी र विद्यालय बगायो
नेपालखोज
२०७८ असार ५ गते ९:३६

काठमाडौं । लगातारको वर्षापछि आएको बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा रहेको वडा कार्यालय, प्रहरी चौकी र विद्यालय बगाएको छ ।
यसअघि मेलम्ची बजारमा जनधनको क्षति गरेको बाढीले गएराती वडा कार्यालय, प्रहरी चौकी र विद्यालयसमेत बगाएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।
बाढीले सयौं रोपनी खेतीयोग्य जमिन समेत कटान गरेको छ ।

सम्बन्धित
प्रतिक्रिया