प्रधानमन्त्रीद्वारा सामुदायिक विद्यालयमा स्काउट एकाइ सञ्चालन गर्ने घोषणा
नेपालखोज
२०७८ असार ५ गते १०:३६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्काउटलाई सामुदायिक विद्यायमा एउटा छुट्टै एकाइको रूपमा स्थापित गरिने घोषणा गरेका छन् । स्काउट अभियानको विकास र विस्तार गर्न सरकारले आगामी आर्थिक वर्षभित्र देशका १३ हजार सामुदायिक विद्यालयमा स्काउट एकाइ सञ्चालन गर्ने ओलीले घोषणा गरेका हुन् ।
नेपाल स्काउटको ७०औँ स्थापना दिवसको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले स्काउटका सङ्गठनलाई संविधान अनुकूल बनाउँदै सात प्रदेश र ७५३ वटै स्थानीय पालिकामा विस्तार गरिएको पनि जानकारी दिए।
सम्बन्धित
प्रतिक्रिया