चौबीस घण्टामा ३ हजार ४५६ जना डिस्चार्ज, २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ३ हजार ४५६ जना कोरोना संक्रमण पछि निको भएर डिस्चार्ज भएका छन् ।योसँगै कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ५ लाख ५६ हजार ७९८ पुगेको छ ।
त्यस्तै, चौबीस घण्टामा २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चौबीस घण्टामा ६ हजार ६७७ जनाको पीसीआर विधिबाट र ४ हजार २४९ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ ।चौबीस घण्टामा ६ हजार ६७७ जनाको पीसीआर विधिबाट र ४ हजार २४९ जनाको एन्टिजेन विधिबाट गरि जम्मा १० हजार ९५६ जनाको परीक्षण भएको छ । हाल देशभर २१ दशमलव ३ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।
हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ६ लाख २१ हजार ५६ जना र एन्टिजेन विधिबाट परीक्षण गर्दा २६ हजार ५ सय ९५ गरी कुल ६ लाख ४७ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल देशभर ५५ हजार ५३२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये होम आइसोलेसनमा ५१ हजार ८३३ जना र संस्थागत आइसोलेसनमा ३ हजार ६९९ जना रहेका छन् । आइसियुमा ८७१ जना २५० जना भेन्टिलेटरमा उपचाररत छन् । हाल देशका ४२ जिल्लामा ५ सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, चौबीस घण्टामा ५१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसंगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ८ हजार ७२६ पुगेको छ ।
प्रतिक्रिया