स्थानीय तहले आज बजेट प्रस्तुत गर्दै
नेपालखोज
२०७८ असार १० गते ७:१६

काठमाडौं । देशभरका धेरै स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आज एकै दिन प्रस्तुत गर्दैछन् ।
केही स्थानीय तहले यसअघि नै आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसके पनि धेरै स्थानीय तहले आज मात्रै नीति र कार्यक्रम पेस गरी बजेट पेस गर्ने तयारी गरेका छन् ।
सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्थाका कारण उनीहरुले अन्तिम दिन भए पनि एकैदिन आ–आफ्नो सभामा पेश गर्न लागेका हुन् ।
स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
सम्बन्धित
प्रतिक्रिया