मंगलबार, वैशाख ३०, २०८२

इथियोपियाकाे टिग्रेमा हवाई हमला : कम्तीमा ६० जनाको मृत्यु

नेपालखोज २०७८ असार १० गते ८:१९
तस्बिर बिबिसी

काठमाडौं । उत्तरपूर्वी इथियोपियाको टिग्रे क्षेत्रमा रहेको एउटा बजारमा सरकारी हवाई फौजले गरेको आक्रमणमा ६० जनाको मृत्यु भएको छ ।

सो आक्रमणमा परी धेरै घाइते भएका हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताए अनुसार इथियोपियाको हवाई फौजले उक्त क्षेत्रको राजधानी मिकाइलीबाट २५ किलोमिटर टाढा अवस्थित टोगोगा बजारमा आक्रमण गरेको हो ।

इथियोपियाको सेनाले गैर सैनिकहरूलाई निशाना नबनाएको बताउँदै आफ्नो हमलाले ’आतङ्कवादी’हरूलाई निष्क्रिय बनाउने उद्देश्य राखेको जनाएको छ ।

टिग्रेको विद्रोही सेनाले हालैका दिनमा आफूहरूले प्रगति गरिरहेको बताउँदै आएका थिए ।

प्रतिक्रिया