मंगलबार, वैशाख ३०, २०८२

‘दण्डहीनतालाई प्रश्रय दिने मन्त्री श्रेष्ठ पदमा बसिरहन अयोग्य’

नेपालखोज २०७८ असार १० गते १४:४२


काठमाडौं । विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई छुटाउन संघीय सरकारका मन्त्री गएकाे प्रति ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

विवेकशील साझा पार्टीले विज्ञप्ति जारी गर्दै संघीय सरकारका मन्त्री (कृष्णगोपाल श्रेष्ठ) छुटाउन गएकाे र अनुसन्धान नै प्रभावित भएको भनी सार्वजनिक विवरणहरूप्रति को गम्भीर ध्यानाकर्षण भएको जनाएकाे हाे ।

‘आरोपित व्यक्तिले जातीय विभेद गरे नगरेको निष्पक्ष छानबिन हुने सुनिश्चित गर्दै सरकार स्वयं वादी भएर मुद्दा लड्नुपर्नेमा मन्त्री कृष्णगोपाल श्रेष्ठ उल्टै झन्डावाल गाडीमा प्रहरीकहाँ पुगेर अनुसन्धान प्रभावित पार्नु कदापि स्वीकार्य हुन सक्दैन ।’ विज्ञप्तिमा उल्लेख छ ‘उक्त घटनाको कानुनी निरूपणमा विश्वास गर्न तथा कुनै पनि जात र समुदाय विशेषविरुद्ध विद्वेष फैलाउने गरी अभिव्यक्ति नदिन हामी सबैलाई अपिल गर्दछाैं ।’


प्रतिक्रिया