मंगलबार, वैशाख ३०, २०८२

रौतहटमा दुई पक्षबीच झडप, झडपलाई नियन्त्रणमा लिन पाँच राउण्ड अश्रु ग्यास प्रहार

नेपालखोज २०७८ असार १० गते १४:४७

रौतहट । रौतहटमा दुई पक्षबीच झडप भएको छ । नगरपालिका कार्यालयमा जारी नगरसभाको क्रममा विपक्षी दलका कार्यकर्ताहरुले मौलापुर चौकमा विरोध प्रदर्शन गरेका थिए।

सोहीक्रममा मेयर पक्षका कार्यकर्ता र विपक्षी दलका कार्यकर्ताहरु बीच झडप भएको हो। झडपलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।

साथै अहिले व्यापक मात्रामा प्रहरी परिचालन गरिएको रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया