मंगलबार, वैशाख ३०, २०८२

सेयर बजारमा हुने अस्वभाविक उतारचढावलाई रोक्न नयाँ नियम

नेपालखोज २०७८ असार १० गते १४:५१

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा हुने अस्वभाविक उतारचढावलाई रोक्न नयाँ नियम बनाएको छ । सेयर बजारको प्रिओपन सेसनमा अहिले ५ प्रतिशतसम्म घटबढ गराएर किनबेच गर्न सकिने विद्यमान व्यवस्थालाई घटाएर २ प्रतिशत बनाइएको बोर्डले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सेयर बजार खुल्नु अघि १०ः३० बजेदेखि १०ः४५ सम्म प्रिओपन सेसन भनिन्छ । धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को दोस्रो संशोधन (धतोपत्र कारोबार सञ्चालन (दोस्रो संशोधन) विनियमावली, २०७८) स्वीकृत गर्दै बोर्डले न्युनतम मूल्य परिवर्तन सीमालाई पनि घटाएको छ ।

हाल एक रुपैयाँ सेयर मूल्य परिवर्तन हुनेमा बोर्डले घटाएर १० पैसा बनाएको छ । अब सेयर मूल्य १० पैसादेखि बढ्न वा घट्न सुरु हुनेछ ।

No description available.

प्रतिक्रिया