मंगलबार, वैशाख ३०, २०८२

ललितपुर महानगरको नगरसभाको बैठक आज बस्दै

नेपालखोज २०७८ असार १२ गते ७:००

ललितपुर । ललितपुर महानगरको नगरसभा आज (शनिबार) लाई बोलाइएको छ । बजेट प्रस्तुत गर्न बैठक आज मध्याह्न पौने १२ बजेलाई आह्वान गरिएको नगरपालिकाका प्रबक्ता राजु मानन्धरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार बोलाइएको बैठकमा गणपुरक संख्या नपुगेकोले स्थगित गरिएको थियो । जहाँ बहुमत सदस्यले बहिस्कार गरेका थिए । तर प्रबक्ता मानन्धरले त्यस्तो कुनै असहमति नरहेको दाबी गरेका छन् ।

महानगरका प्रमुख चिरिबाबु महर्जनले नीति तथा कार्यक्रममा छलफलै नगरी जबरजस्ति पारित गराउन खोजेकोले सभा बहिस्कार गरेको नेकपा एमाले, माओवादी केन्द्रलगायतका सदस्यले बताएका छन् ।

कुल १ सय ३१ नगरसभा सदस्य रहेको नगरसभामा ९२ जनाको उपस्थित नरहेको भन्दै नगरसभाको वैधनिकतामा प्रश्न उठाउँदै उनिहरुले हिजाे विज्ञप्ति नै जारी गरेका थिए।

प्रतिक्रिया