ललितपुरको नगरसभा आज होला त ?

काठमाडौं । असार १० गते बजेट ल्याइसक्नुसक्नुपर्ने कानूनी बाध्यता भए पनि ललितपुर महानगरपालिकाले नगरसभा गर्न सकेको छैन ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका जनप्रतिनिधिले बहिस्कार गरेपछि नगरसभा बस्न नसकेको हो । असार ९ गते नगरसभामा पेश भएको नीति तथा कार्यक्रममाथि छलफल गर्न नदिएको भन्दै बहुमत सदस्यले बजेट अधिवेसन बहिस्कार गरेका थिए । मेयर चिरिबाबु महर्जनले छलफल नगरी पारित गर्ने अडान राखेको एमाले र माओवादी केन्द्रबाट निर्वाचित नगरसभा सदस्यहरुले बताएका छन् ।
असार १० गते बिहान बस्ने भनिएको नगरसभा दिउँसो १ बजेलाई सारिएको थियो । त्यसदिन नगरसभा बस्न सकेन । र भोलिपल्ट सारियो । उक्त दिन पनि बैठक बसेन र फेरि भोलिपल्ट (शनिबार) सारियो । हिजो शनिबार पनि गणपुरक संख्या नपुगेकाले आज (आइतबार) पौने १२ बजेको लागि बैठक आह्वान गरिएको छ ।
महानगरपालिका प्रमुख महर्जन अल्पमतमा रहेका कारण हरेक वर्ष बजेट पेश गर्दा झमेलामा पर्दै आएका छन् ।
प्रतिक्रिया