काठमाडाैं उपत्यकामा एकसाता निषेधाज्ञा थप्ने तयारी
नेपालखोज
२०७८ असार १३ गते १३:५३

काठमाडाैं । उपत्यकामा निषेधाज्ञा एकसाता थपिने भएकाे छ । यसबारे निर्णय गर्न आज (आइतबार) दिउँसाे ४ बजे तीन प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छन् ।
भक्तपुर प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले थप केही क्षेत्रलाई सहजीकरण गर्ने की अथवा अहिलेकै अवस्थामा अगाडि बढ्ने भन्ने निर्णय लिइने नेपालखाेजलाई जानकारी दिए ।
श्रृंखलावद्ध रुपमा थपिएको निषेधाज्ञा गत साताबाट खुकुलो पारिएको थियो भने निजी सवारीसाधनलाई जोर-विजोर प्रणालीमा चल्न दिइएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया