प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदकको पक्षबाट बहस सकियो
नेपालखोज
२०७८ असार १३ गते १६:२०

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे रिट निवेदक पक्षबाट बहस सकिएको छ । यही असार ९ गतेदेखि सुरु भएको रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांसदको तर्फको बहस आज (आइतबार) सकिएको हो । चार दिनको बहसमा ३६ जना कानुन व्यवसायीले बहस गरेका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलासले संसद विघटन मुद्दाको पक्ष र विपक्ष दुबै पक्षलाई १५/१५ घण्टा बहसको समय तोकिदिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया