बुधबार, जेठ १, २०८२

चौबीस घण्टामा ३ हजार ७ जना डिस्चार्ज, मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

नेपालखोज २०७८ असार १३ गते १६:५२

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ३००७ काेराेना संक्रमण निकाे भई डिस्चार्ज भएका छन् । सोही अवधीमा १ हजार ९२० जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ३५३ र ३ हजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म ६ लाख ६५ हजार ७७७ जनामा कोरोना भाइरस संक्रमण भएकामा ५ लाख ८४ हजार ३३४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया