बुधबार, जेठ १, २०८२

सुनचाँदीकै मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

नेपालखोज २०७८ असार १४ गते ११:००

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीकै भाउ स्थिर रहेको छ । छापावाल सुन आज प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९० हजार ७ सय रुपैयाँमा नै कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९० हजार दुई सय रुपैयाँ कायम भएको छ । हिजो पनि तेजाबी सुन ९० हजार दुई सय रुपैयाँमा नै कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्य आज स्थिर रहेको छ । चाँदी आज तोलाको १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी १३ सय ५ रुपैयाँमा नै कारोबार भएको थियो ।

प्रतिक्रिया