बुधबार, जेठ १, २०८२

एआईजीमा सहकुल थापा सिफारिस, आईजीपीमा पोखरेलसँग प्रतिस्पर्धा हुने

नेपालखोज २०७८ असार १४ गते २३:२८

काठमाडौं । नेपाल प्रहरीको एआईजीमा सहकुल थापा सिफारिस भएका छन् । गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले थापालाई एआईजीमा नाम सिफारिस गरेको हो ।

यसअघि मन्त्रिपरिषद्‌ले एउटा एआईजीको पद थप गर्ने निर्णय गरेको थियो । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले थापालाई बढुवाको सिफारिस गरेको हो ।

बढुवा सिफारिस भएका थापाले प्रहरी महानिरीक्षकमा विश्वराज पोखरेलसँग प्रतिस्पर्धा गर्नेछन् । हालका आईजीपी शैलेश थापा क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउनेछन् । उनको अवकाश पछि नियुक्त हुने महानिरीक्षकमा अब पोखरेलसँग र थापाले प्रतिस्पर्धा गर्न पाउने भएका हुन् ।

प्रतिक्रिया