आईसीसी टी-ट्वान्टी विश्वकप भारतमा नहुने पक्का
नेपालखोज
२०७८ असार १५ गते ७:५८

दिल्ली । आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने भनिएको आइसीसी टि-२० पुरुष विश्वकप सर्ने पक्का भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कोरोना महामारीका कारण आफूले प्रतियोगिता आयोजना गर्न नसक्ने भन्दै युएईमा सार्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) लाई पत्राचार गरेको हो ।
आइसीसीले अबको केही दिनमा प्रतियोगिताको बारेमा आधिकारिक जानकारी दिने बीसीसीआईले बताएको छ । बीसीसीआईले विभिन्न सञ्चार माध्यमले आइसीसी विश्वकप अक्टोबर १७ देखि आयोजना हुने बताए पनि त्यो आधिकारिक भने नभएको जनाएको छ ।
इन्डियन प्रिमियर लिग (आइपीएलका) कारण टि-२० विश्वकपका केही खेल ओमनमा हुनेसक्ने सम्भावना पनि छ । विश्वकप अघि युएईका तीन सहर अबुधाबी, सारजहा र दुबईमा इन्डियन प्रिमियर लिग (आइपिएल)का बाँकी खेल हुने छन् । टि-२० विश्वकपमा १६ टोलीको सहभागिता रहने छ ।
सम्बन्धित
प्रतिक्रिया