सुनचाँदीकै भाउ घट्यो, कतिमा हुँदै छ कारोबार ?
नेपालखोज
२०७८ असार १५ गते ११:०४

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज एक सय रुपैयाँले घटेको हो । छापावाल सुन आज प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९० हजार एक सय रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन ९० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य आज ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया