बुधबार, जेठ १, २०८२

कृषिमन्त्री गम्बुट लगाएर हिलोमा पसे, अनि यसरी रोपे धान ! (फोटो फिचर)

नेपालखोज २०७८ असार १५ गते १३:५१
No description available.

काठमाडाैं । आज असार १५ अर्थात् १८औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १८औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै मन्त्री नेम्वाङले देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र कृषिमा पनि धान बाली भएकाले धान बालीको उत्पादनमा वृद्धि भएमात्रै देशका समृद्धि हासिल हुने बताएका छन् ।

No description available.
No description available.

कृषि तथा पशुपक्षी विकासमन्त्री वसन्तकुमार नेम्वाङले धानको उत्पादनलाई वृद्धि गरी आत्मनिर्भर हुन सकेमात्रै देशमा समृद्धि प्राप्त हुने बताएका छन् ।

No description available.

कृषिको उत्पादन तथा उत्पादकत्व बढाएर आयातलाई प्रतिस्थापन गर्न र आत्मनिर्भर बन्न सक्नुपर्ने बताए । देशको समृद्धिको मूल आधार कृषि क्षेत्र भएको उनले बताए । कार्यक्रममा सहभागी हुँदै कृषिमन्त्री नेम्बाङले ठूलो गम्बुट लगाएरै धान रोप्न ठिक्क बनाइएको हिलाम्मे खेतमा गए । धान रोप्ने मेसिनका सहायताले धान रोपे । कार्यक्रममा सर्वसाधारणहरुको पनि उपस्थिति थियो । हेरौं कृषिमन्त्रीले धान रोपेका थप तस्बिर :

No description available.
No description available.
No description available.

प्रतिक्रिया