प्रधानन्यायाधीशकाे प्रश्न-विश्वासको मत प्राप्त गर्ने- नगर्ने भन्ने त संसद्मार्फत जाने होइन र ?
नेपालखोज
२०७८ असार १५ गते १५:२७

काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेर-नगरेको परिणाम संसदमार्फत जाने होइन भनेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रश्न गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहसका क्रममा प्रधानन्यायाधीशले नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयलाई यस्तो प्रश्न सोधेका हुन् ।
उनले सोधेका छन्, ‘प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्ने र नगर्ने भन्ने त संसद्मार्फत जाने होइन र ? विश्वासको मतको परिणाम त संसद्मार्फत जाने होइन र ?’
प्रधानन्यायाधीश जबराले विश्वासको मत व्यक्त गर्ने ठाउँ कहाँ हो भनेर पनि पाण्डेयलाई सोधेका छन् । कोमार्फत प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेको वा नगरेको परिणाम राष्ट्रपतिकहाँ जाने भनेर जबराले प्रश्न गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया