वाग्मती प्रदेश सभाको बैठक असार १७ गते बस्ने
नेपालखोज
२०७८ असार १५ गते २०:५६

मकवानपुर । वाग्मती प्रदेश सभाको बैठक आउँदो असार १७ गते बस्ने भएको छ । बैठक असार १७ गते दिनको ३ बजे बस्ने भएको वाग्मती प्रदेश सभा सचिवालयले जनाएको छ ।
त्यस बैठकमा गएको असार १ गते प्रदेश सरकारले ल्याएको आउँदो आर्थिक वर्ष २०७८/०७९ बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए।
असार १७ गते बस्ने बैठकको तयारीका लागि असार १६ गते बिहान ११ बजे कार्य परामर्श समितिको बैठक बस्ने भएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।
सम्बन्धित
प्रतिक्रिया