बुधबार, जेठ १, २०८२

त्रिविका सहप्राध्यापक भण्डारीको कार दुर्घटनामा मृत्यु

नेपालखोज २०७८ असार १६ गते ८:३७

रुपन्देही । त्रिभूवन बिश्वबिद्यालयका सहप्राधयापक डा. शंकर भण्डारीको आफैँले चलाएको कार दुर्घटनामा परि मृत्यु भएको छ ।

आफैं कार चलाईरहेका कार रुपन्देहीको खोलामा खस्दा घाईते भएका उनलाई स्थानीय गौतमबुद्ध अस्पतालमा पुर्याईए लगत्तै चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरिक्षक सुदर्शन पन्थिले पुष्टी गरेका छन् ।

५२ बर्षका भण्डारी त्रिबि खेलकुद निर्देशनालयका निर्देशक हुन् । भण्डारी नेपाली काँग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारीका भाई हुन् ।

कारमा अन्य दुईजना पनि सवार रहेपनि उनीहरु सकुशल रहेका बताइएको छ ।

प्रतिक्रिया