बुधबार, जेठ १, २०८२

‘सरकारका ऐतिहासिक कामका कारण एमाले जनता माझ लोकप्रिय’

नेपालखोज २०७८ असार १६ गते १८:३७
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका ऐतिहासिक कामका कारण नेकपा एमाले जनतामाझ झन लोकप्रिय हुँदै गएको बताएका छन् ।

बुधबार प्रधानमन्त्री निवास वालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दे उनले वर्तमान सरकारले ऐतिहासिक रुपमा अभूतपुर्वक ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण जनतामा लोकप्रिय हुँदै गएको बताए ।

उनले भने “योजनावद्ध दृष्टिकोण सहितको विकासको तिब्र आकांक्षा र त्यस आकाक्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिवद्धता र तदनुसारको क्रियाकलापहरुले हाम्रो पार्टी झन बढी लोकप्रिय हुदै अगाडि बढीरहेको छ । ” बिमिस्टेक, लगानी सम्मेलनलगायत अन्तराष्ट्रिय स्तरका विभिन्न सम्मेलन गरेर ती सम्मेलनमा सही धारणा र विचार अघि सारेका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको पनि उनले दाबी गरे ।

सरकारले राम्रो काम गरेर जनतामाझ लोकप्रिय हुँदै जाँदमा पार्टीभित्र भित्रै बेग्लै योजना बन्दै गएको र ती योजनाहरु व्यवहारमा भद्धा ढंगले प्रकट हुँदै आएको पनि उनले टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले सरकारको नेतृत्वको दुई बर्षपछि पार्टीभित्रैबाट पदीय आकांक्षाका लागि असाधारण अस्वस्थता सुरु भएको दाबी गरे । पार्टीभित्र अस्थिरता पैदा गर्ने कार्यमा केही व्यक्तिहरु जालझेल, षडयन्त्र, तिकडमका साथ गुटबन्दिमा क्रियाशिल भएको उनले जिकिर गरे । अहिले त्यो खेल विरोधीहरुसंगको साँठगाठमा प्रवेश गरेको पनि टिप्पणी गरेका छन् । पार्टीभित्र पार्टी सञ्चालनका लागि अबैध सम्झौता गर्नुपर्ने अवस्था सृजना भएको ओलीले दावी गरेका छन् ।

प्रतिक्रिया