डा खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूत नियुक्त
नेपालखोज
२०७८ असार २१ गते २:००

काठमाडौं । नेपाली आवासीय राजदूत डा युवराज खतिवडा मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम खतिवडालाई राजदूत नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया