मंगलबार, वैशाख ३०, २०८२

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री

नेपालखोज २०७८ असार २१ गते ७:२०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन गर्दै छन् ।

प्रधानमन्त्री ओलीले अपराह्न ४ बजे श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

यससँगै राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बिजुली उत्पादन गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो ।

उद्घाटनसँगै नो लोडमा चलाइएको उपकरणलाई लोडमा चलाइने आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बताए ।

प्रतिक्रिया