संसद् विघटन मुद्दामाथिको बहस आज सकिने, लगत्तै फैसला आउने

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज बहस सकिने भएको छ ।
दोस्रो पटक भएको विघटनको ४५ दिनपछि आज सबै बहस सकिन लागेको सर्वोच्चले जनाएको छ । आज निवेदन पक्षका कानुन व्यवसायीको २ घण्टा र एमिकस क्युरीको २ घण्टा गरी ४ घण्टा मात्र बहस हुनेछ ।
हिजो सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस सकिएपछि रिट निवेदकका तर्फबाट जवाफी बहस सुरु भएको छ । आज वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले रिट निवेदकका पक्षबाट जवाफी बहस गर्ने छन् । जवाफी बहसका लागि तीन घण्टाको समय तोकिएको छ ।
रिट निवेदक पक्षको जवाफी बहस सकिएपछि आजै अदालतका सहयोगी एमिकस क्युरीले बहस गर्ने छन् । सर्वोच्चको संवैधानिक इजलासले एमिकस क्युरीका लागि २ घण्टाको समय छुट्याएको छ । त्यसपछि सर्वोच्च अदालतले फैसला गर्ने छ ।
गत जेठ १० गते विपक्षी गठबन्धनका १ सय ४६ सांसदले प्रतिनिधिसभा पुनःस्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
प्रतिक्रिया