देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिने समायावधि सकियाे
नेपालखोज
२०७८ असार २१ गते १७:४०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिन नेपाल-खनाल समूहलाई नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले दिएको समायावधि सकिएको छ ।
नेपाल खनाल-समूहका २३ जना सांसदले संसद् विघटन र देउवालाई प्रधानमन्त्री बनाउने रिटमा हस्ताक्षर गरेका थिए । नेपाल-खनाल समूहले हस्ताक्षर फिर्ता लिने निर्देशन अस्वीकार गरेको छ ।
केन्द्रीय कमिटीको शुक्रबारको बैठकले आज अर्थात (सोमबार) साँझ ५ बजेभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया