अमेजन छोडेर नयाँ काममा लागे संसारकै सबैभन्दा धनी जेफ बेजोस

काठमाडौं । अमेजन कम्पनीका संस्थापक जेफ बेजोसले आजदेखि उक्त कम्पनीको सीईओ पद छोडेका छन् । उनको स्थान आजैदेखि अमेजनका कार्यकारी एन्डि जेसीले सम्हालेका छन्। अमेजन कम्पनीको शुरुआती २७ वर्ष पहिले सन् १९९४ मा आजैको दिन भएको थियो । गएको फेब्रुवरीमै अमेजनको सीईओ पद छोड़ने घोषणा गरेका बेजोस अब अमेजनको कार्यकारी अध्यक्षको नयाँ जिम्मेवारीमा रहने छन् । बेजोस अमेजनको स्थापनादेखि नै यसको सिईओ रहँदै आएका थिए ।
बेजोसले आफ्ना अन्य परियोजनाहरुका लागि बढि समय दिन अमेजनको सिईओ पद त्यागेका हुन, जसमा उनको अन्तरिक्ष अन्वेषण कम्पनी ब्लू ओरिजिनको काम प्रमुख छ । अमेजनमा अहिले १३ लाख मानिस कार्यरत छन् भने यो कम्पनीले संसारभरका करोडौंं उपभोक्तालाई दैनिक सेवा उपलब्ध गराउँदै आएको छ । अमेजन संसारको सबै भन्दा ठुलो ई-कमर्स कम्पनी हो ।
जेफ बेजोसले सन् १९९४ मा आफ्नो गाडि राख्ने ग्यारेजमा एउटा अनलाइन बुकस्टोरका रुपमा अमेजनको सुरुवात गरेका थिए । आज यो अनलाइन रिटेल कम्पनीले संसारभर सबै प्रकारका उत्पादनको बिक्री – वितरण गर्दै आएको छ । त्यसका अतिरिक्त अमेजनले स्ट्रीमिंग, म्यूजिक तथा टेलीविजन, क्लाउड कंप्यूटिंग, रोबोटिक्स, एआई आदि क्षेत्रमा पनि काम गरिरहेको छ ।
जेफ बेजोसको सिईओ पद ग्रहण गर्ने एन्डि जेसी १९९७ मा मार्केटिंग म्यानेजरका रूपमा अमेजनसँग जोडिएका थिए । उनले सन् २००३ मा अमेजनको क्लाउड सर्भिस डिभिजन एडब्ल्यूएसको स्थापना गरे जुन अहिले अमेजनको सबैभन्दा बढि लाभ दिने यूनिटमध्ये एक हो । फोर्ब्सले गएको अप्रिलमा सन् २०२१ को संसारकै सबैभन्दा धनि ब्यक्तिहरुको सूचि जारी गरेको थियो । ३५ वर्ष देखि सार्वजनिक गरिदै आएको उक्त सूचिमा अमेजनका संस्थापक तथा मुख्य कार्यकारी अधिकृत जेफ बेजोसलगातार चौथों वर्ष नम्बर एकमा पर्न सफल भएका थिए । फोर्ब्सका अनुसार जेफ बेजोस १ सय ७७ बिलियन डलर बराबरको सम्पत्तिको मालिक हुन् ।
कोरोनाको अन्तर्राष्ट्रिय महामारी अमेजनका लागि विशेष आम्दानीको बाटो साबित भयो । महामारि र लकडाउनको यो समयमा मानिसहरुले घरमै बसेर यति अनलाइन खरीदारी गरे कि कम्पनीको आम्दानी सन् २०२० मा ३८ प्रतिशत बढेर ३ शय ८६ बिलियन डलर पुग्यो ।
जेफ बेजोस अब आफ्नो स्पेस फ्लाइट मिशनमा पूरा ध्यान केन्द्रित गर्न गैरहेका छन् । उनको कम्पनी ब्लू ओरिजनले यहि महिना स्पेस फ्लाइट सुरु गर्ने योजना बनाएको छ । बेजोस यहि प्रोजेक्ट मार्फत मानिसहरुलाई अन्तरिक्षको भ्रमण मात्र गराउन चाहदैनन् अन्तरिक्षमा मानव वस्ति नै बसाउन चाहन्छन् ।
बेजोस पुस्तकको अनलाइन बिक्री, खुद्रा बाजार, क्लाउड कप्यूटिंग तथा होम डेलीवरी को क्षेत्रमा आमुल परिवर्तन ल्याउने लिडर हुन् । बेजोस त्यस्ता व्यक्ति हुन, जसले समयक्रमसँगै बढेको मानिसहरुको आवश्यकतालाई बुझ्यो र उनिहरुको हरेक चाहनालाई ध्यानमा राख्दै खरिददारिको चलनलाई एउटा नयाँ र एकदमै सहजरूप प्रदान गर्यो । आज संसारमा ई(कमर्सलाई यो उचाईमा पुर्याउने सबैभन्दा ठूलो श्रेय पनि बेसोजलाई नै जान्छ, जसले यसका लागि खास र अहम भूमिका निर्बाह गरेका छन् ।
यद्यपि बेजोसका लागि यो यात्रा त्यती सरल भने थिएन् । भनिन्छ बेजोसले आफ्नो कम्पनीको शुरुवाति दिनमा आफ्नो मोटर ग्यारेजमा ग्राहकहरुको अर्डर आफ्नै हातले प्याक गर्नेदेखि लिएर पोस्ट अफिसमा पुगेर त्यसलाई पोस्ट गर्ने कामसम्म गरेका थिए ।
प्रतिक्रिया