भेरोसेलको दोस्रो डोज आजदेखि लगाइँदै, छुटेकाले पनि लगाउन पाउने
नेपालखोज
२०७८ असार २२ गते ८:०२

काठमाडौं । भेरोसेल खोपको पहिलो डोज लगाएका ३ लाख ७० हजार ३ सय ९५ जना नागरिकलाई आजदेखि दोस्रो डोजको खोप लगाइँदै छ ।
यस अन्तरगत जेठ महिनाको २५ गतेदेखि चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाएकाहरुले दोस्रो डोज लगाउन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त लटमा देशभरका विभिन्न जिल्लाका ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका जेष्ठ नाागरिकहरुलाई भेरोसेलको पहिलो डोज लगाइएको थियो ।
मन्त्रालयका अनुसार आजदेखि सुरु हुने खोप अभियानमा भेरोसेल खोपको बुस्टर डोज अर्थात दोस्रो मात्रा लगाउन छुटेका अन्यले समेत खोप लगाउन पाउने छन् ।
चीनबाट खरिद गरेर ल्याइने खोप पनि उमेर समूहकै आधारमा लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयले असार २४ गतेदेखि खोप आपूर्ति सुरु भइ त्यसपछि साप्ताहिक रुपमा विभिन्न चरणमार्फत खोप आपूर्ति हुने यसअघि नै जानकारी दिइसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया