निर्वाचन आयोगले जसपाका नेतासँग सहमतिका लागि अन्तिम प्रयास गर्दै

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का नेताहरुलाई सहमतिको अन्तिम प्रयासका लागि बोलाएको छ । आयोगले आज सहमतिको अन्तिम प्रयास स्वरुप जसपाका दुवै पक्षसँग छलफल गर्दैछ । आयोगले अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई छलफलका लागि आज बिहान ११ बजे बोलाएको छ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा ४ बमोजिम अन्तिम सहमतिका लागि दुबै पक्षलाई छलफलका लागि आज बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । छलफलमा ठाकुर पक्षबाट ठाकुरसहित लक्ष्मणलाल कर्ण, सुरेन्द्र झा, केशव झासहित दुई कानुन व्यवसायी आयोग जाने छन् ।
त्यस्तै यादव पक्षबाट यादवसहित, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, नेता राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव र प्रकाश अधिकारी आयोग जाने तय भएको छ। जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच आधिकारिकताको विवाद छ ।
प्रतिक्रिया