सुनचाँदीकै मूल्य बढ्याे, आजकाे भाउ कति ?
नेपालखोज
२०७८ असार २२ गते १०:५९

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला तीन सय रुपैयाँले बढेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य तीन सय रुपैयाँले बढेर ९१ हजार तीन सय रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य आज पाँच रुपैयाँले बढेको छ । चाँदी आज तोलाको १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी १३ सय २५ रुपैयाँमा नै कारोबार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया