आन्तरिक विवाद समाधानका विषयमा छलफल गर्न एमाले कार्यदलकाे बैठक बस्दै
नेपालखोज
२०७८ असार २२ गते ११:१६

काठमाडाैं । नेकपा एमालेको कार्यदलकाे बैठक आज पनि बस्दै छ । दिउँसाे १ बजे बस्ने बैठकमा आन्तरिक विवाद समाधानका विषयमा छलफल हुने जनाइएकाे छ ।
हिजो साँझ झन्डै डेढ घण्टा बैठक बसेर आज फेरि बस्नेगरी सकिएको थियाे । सोमबार साँझ सिंहदरबारमा बसेको बैठकमा अहिलेसम्मका घटनाक्रमको सामान्य समीक्षा भएको थियाे ।
कार्यदलमा रहेका दुबै समूहका नेताहरुले एमालेको पार्टी एकताका लागि छलफल गर्दै आएका छन् । तर ठाेस निष्कर्ष भने निकाल्न सकेकाे छैन ।
सम्बन्धित
प्रतिक्रिया