रूसी विमान दुर्घटना, २९ यात्रुको अवस्था अज्ञात
नेपालखोज
२०७८ असार २२ गते १२:४२

रूस । मङ्गलबार बिहान २९ यात्रु लिएर रूसको सुदुर पूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विमानमा छ चालक दलका सदस्यसहित २९ जना यात्रु रहेको रूसी समाचार संस्था स्पुटिनकले जानकारी गराएको छ ।
रूसको पेट्रोपाभलोस्क-कामचास्कीबाट पालानाका लागि उडेको विमान कामचात्का क्षेत्रबाट मङ्गलबार अपरान्ह रार्डरसँग सम्पर्क बिच्छेद् भएको रूसी आपतकालीन सेवा मन्त्रालयको प्रमुख महानिर्देशनालयले जानकारी गराएको छ । विमानबारे थप जानकारी सङ्कलन भइरहेको रूसी प्रशासनले बताएको छ । रासस
सम्बन्धित
प्रतिक्रिया