प्रधानमन्त्री ओली थप निरंकुशतातर्फ अग्रसर भएको अध्यक्ष दाहालकाे आरोप
नेपालखोज
२०७८ असार २२ गते १३:१०

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वास रहेको बताएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली थप निरंकुशतातर्फ अग्रसर भएको आरोप लगाउँदे संविधानको मर्म र भावनाअनुसार संसद् पुनःस्थापना हुपर्ने उल्लेख गरे ।
आज (मंगलबार) माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनपछि श्रद्धाञ्जली अपर्ण गर्न जनकपुरधाम पुगेका प्रचण्डले सर्वोच्च अदालतले संसद् पुनःस्थापना मात्र नभई १४६ सांसदको हस्ताक्षरको आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गर्ने बताए ।
सम्बन्धित
प्रतिक्रिया