विश्व स्वास्थ्य संगठनद्वारा चीन मलेरिया मुक्त राष्ट्र घोषित

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले चीनलाई मलेरिया मुक्त रास्ट्र घोषणा गरेको छ । चीन बितेका ७० वर्षदेखि यो बिरामीविरुद्ध संघर्षरत थियो ।
चीनमा सन् १९४० को दशकमा प्रतेक वर्ष मलेरियाका कारण ३ करोडभन्दा बढि बिमारी देखा पर्थे भने अहिले पछिल्ला चार वर्षमा एक जना पनि बिमारी फेला परेका छैनन् ।
विश्व स्वास्थ्य संगठनले मलेरियाबाट छुटकारा पाएकोमा चीनलाई बधाई समेत दिएको छ । संगठनका अनुसार चीनले कडा मेहनतपछि यो सफलता हासिल गरेको हो । चार दशक लामो योजनाबद्द र निरन्तरको प्रयासका कारण चीनले यो सफलता पाएको हो ।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम घेब्रेरियेसेसले चीनले मलेरिया (मुक्त) भावी संसार तर्फ संकेत गरेको कुरा बताएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार चीनले दशकाे पहिले नै मलेरियाको जोखिम भएका क्षेत्रहरुमा रोकथाम सम्बन्धि औषधि वितरणका साथै लामखुट्टेको प्रजननलाई नियन्त्रण गर्न कीटनाशक एवं सुरक्षात्मक झुल उपलब्ध गराउने अभियान नै चलाएकाे थियाे ।
प्रतिक्रिया