मंगलबार, वैशाख ३०, २०८२

एमाले एकताबद्ध भएको सन्देश दिने कार्यदलको तयारी

नेपालखोज २०७८ असार २५ गते ८:०३

काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज बस्दैछ ।

बिहीबार साँझ सिंहदरबारमा बसेको बैठकमा कुनै सहमति नजुटे पछि आज पुनः बस्ने भएको हो ।

बिहान साढे ११ बजेका लागि डाकिएको बैठकमा सहमतिका लागि सम्पुर्ण प्रयास गरिने कार्यदलका सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

उनले धेरै लामो समयदेखि पार्टीभित्र समस्या रहेको भन्दै त्यसलाई मिलाइने विश्वास दिलाउँदै आएका छन् ।

आजको बैठकमार्फत एमाले एकताबद्ध भएको सन्देशदिने तयारी भइरहेको नेताहरुले बताएका छन् ।

पार्टीभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुई पक्षमा बाडिँएपछि विवाद उत्कर्षमा पुगेको हो ।

प्रतिक्रिया