सुनको मूल्य एक सय रूपैयाँले बढ्यो, कतिमा हुँदै छ कारोबार ?
नेपालखोज
२०७८ असार २५ गते ११:०७

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला एक सय रुपैयाँले बढेर ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि एक सय रुपैयाँले बढेर ९१ हजार नौ सय रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य आज ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया