मंगलबार, वैशाख ३०, २०८२

चीनले ११९ वटा नयाँ मिसाइल बनाउँदै

मिसाइलको क्षमता अमेरिकालाई प्रहार गर्नेसम्म रहेको दाबी

नेपालखोज २०७८ असार २५ गते १५:०९

काठमाडौं । चीनले उत्तर-पश्चिम इलाकाको रेगिस्तानमा ११९ नयाँ मिसाइल बनाइरहेको खुलासा भएको छ । स्याटलाइट तस्बिरमा मिसाइल बनाइरहेको स्पष्टै देखिएको छ ।

मिसाइललाई साइलोमा राखिएको छ । साइलो लामो गहिरो, सिलिन्डरजस्तो खाडल हो । जहाँ अन्तरमहाद्विपीय परमाणु ब्यालेस्टिक मिसाइल राखिएको हुन्छ । आवश्यक परेको बेला त्यसलाई लन्च गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चीनको परमाणु हतियार कार्यक्रममा यो अहिलेसम्मकै ठूलो र ऐतिहासिक कदम भएको दाबी गरिएको छ । व्यवसायिक स्याटेलाइटबाट लिइएको तस्बिरका आधारमा रक्षा विशेषज्ञले चीनले बनाएको परमाणु ब्यालेस्टिक मिसाइलको क्षमता अमेरिकासम्म प्रहार गर्ने रहेका बताएका छन् । क्यालिफोर्नियाको म्यान्टेरीस्थित जेम्स मार्टिन सेन्टर फर नान्प्रोलिफिरेसन स्टडिजको अध्ययनअनुसार प्लानेटलब्सको स्याटलाइटमार्फत प्राप्त तस्बिरको जाँच भएको हो ।

प्रतिक्रिया