मंगलबार, वैशाख ३०, २०८२

जापानद्वारा ताइवानलाई ११ लाख खोप प्रदान

नेपालखोज २०७८ असार २५ गते १५:२२

जापान । जापानले ताइवानलाई कोरोना भाइरसविरुद्धको ११ लाख ३० हजार खोप प्रदान गरेको छ । जापानले ताइवानलाई अस्ट्राजेनिका खोप प्रदान गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

बेलायत र स्वीडेनको बायोटेक कम्पनी अष्ट्राजेनिकाले विकास गरेको खोप उत्पादन गर्ने अनुमति पाएर जापानले उत्पादन गरेको हो ।

ताइवानका स्वास्थ्य मन्त्री चेन सिह चुङले खोपका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खोप उपलब्ध गराइ दिएकोमा जापानलाई धन्यवाद दिए ।

जापानले उपलब्ध गराएको खोपका कारण ताइवानमा कोरोना भाइरसको महामारी न्युनिकरणका लागि ठूलो सहयोग पुग्ने अपेक्षासमेत गरिएको छ ।

जापानका विदेशमन्त्री तोशिमित्सु मोतेगीले भने ताइवानलाई जापानले गरेको सहयोग असल मित्र देशको रुपमा गरिएको बताए ।

अप्ठ्यारोमा परेको एउटा देशलाई अर्को मित्र देशले सहयोग गर्नु स्वभावित दायित्व अन्गर्तत पर्ने पनि उनले उल्लेख गरे ।

उनले जापानले दिएको खोपले ताइवानमा कोरोनाभाइरसको महामारी न्युनिकरणकालागि सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे ।

जापानले ताइवानलाई यसअघि जुन ४ तारिखका दिन पनि अष्ट्राजेनिकाकै १२ लाख ४० हजार खोप प्रदान गरेको थियो । चीनसँग जापान र ताइवानको सम्वन्ध कमजोर हुदै गइरहेका बेला जापानले ताइवानलाई ठूलो संकटमा राहत पुग्नेगरी सहयोग गरेको हो ।

प्रतिक्रिया