राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
नेपालखोज
२०७८ असार २६ गते २२:०८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शनिबार साँझ भेटवार्ता भएको हो ।
प्रधानमन्त्री ओली नियमित भेटवार्ताका क्रममा राष्ट्रपति निवास शितल निवास पुगेका थिए। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच मुलुकको पछिल्लो अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया