बुधबार, जेठ १, २०८२

२२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

नेपालखोज २०७८ असार २७ गते १८:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार २२ अर्ब ६० करोड रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति असार २९ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुुल ट्रेजरीमध्येमा ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको आठ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

सोमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ असोज २६ गते, एक सय ८२ दिने अवधिको ट्रेजरीको परिपक्व हुुने अवधि २०७८ पुस २७ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७९ साल असार २८ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसअघि यही असार २१ गते पनि राष्ट्र बैंकले नौ अर्ब १० करोड रुपैयाँको टेज«री बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया