बुधबार, जेठ १, २०८२

जसपा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता

नेपालखोज २०७८ असार २७ गते २०:२०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । दुई पार्टीको एकीकरण गर्दा प्रक्रिया नपुगे पनि निर्वाचन आयोगले मान्यता दिएको भन्दै राष्ट्रिय जनता पार्टीका तत्कालिन उपाध्यक्ष राजकुमार थापाले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

थापाले आइतबार दायर गरेको रिटमा दुई पार्टी मिलाएर जनता समाजवादी पार्टीको मान्यता दिने निर्वाचन आयोगको २०७७ साल असार २४ गतेको निर्णय खारेजीको माग गरिएको छ ।

निवदेनमा निर्वाचन आयोग र तत्कालीन राजपा नेपाल हाल जनता समाजवादी पार्टी द.नं १५९ ललितपुर, बालकुमारीलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया