बिहीबार, जेठ २, २०८२

सर्वोच्चद्वारा देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

नेपालखोज २०७८ असार २८ गते १३:२७

काठमाडौं । प्रतिनिधिसभा पुनः स्थापना भएको छ । सर्वोच्च अदालतले केपी शर्मा ओलीले दोस्रोपल्ट विघटन गरेको संसद् फेरि ब्युँताइदिएको हो ।

प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको छ ।

रिट निवेदकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै परमादेश माग गरेका थिए । संवैधानिक इजलासलबाट प्रधानन्यायाधीश राणाले रिट निवेदकको माग बमोजिमको फैसला आएको सुनाएका थिए ।

प्रतिक्रिया