बिहीबार, जेठ २, २०८२

मर्स्याङ्दी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध

नेपालखोज २०७८ असार २८ गते १४:१७

मनाङ । निरन्तरको वर्षाले मर्स्याङ्दी नदीको बहाब कायमै रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आज यहाँ सूचना जारी गर्दै नदी छेउछाउका बस्तीलाई उच्च सतर्कता अपनाउन आह्वान गरेको हो ।

चामे गाउँपालिकाको-४, ५ र नासो गाउँपालिकाको-१ को तालगाउँ नदीकै किनारमा रहेकाले विशेष सतर्कता अपनाउन भनिएको हो । जिल्लामा गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिराले सयौँ घरपरिवार विस्थापित भएका छन् ।

यहाँका सार्वजनिक र निजी संरचनामा बाढीपहिराले ठूलो क्षति पु¥याएको छ । जिल्ला अहिले सडक सञ्जालदेखि विद्युत् र इन्टरनेट सेवालगायतबाट वञ्चित भएका छन् ।

प्रतिक्रिया