अमेरिकाले सहयोग गरेको कोरोनाविरुद्धको खोप हस्तान्तरण (फोटो फिचर)
नेपालखोज
२०७८ असार २८ गते १४:४१

काठमाडौं । कोरोनाविरुद्धको लडाईमा सहयोग पुर्याउने उद्देश्यले अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको १५ लाख डोज खोप सहयोग गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप सोमबार काठमाडौं आइपुगेको हो ।
उक्त खोप प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको छ । अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको खोप नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् । जोन्सन एण्ड जोन्सन कम्पनीले विकास गरेको खोप एक मात्रा लगाए पुग्छ ।








तस्बिर : रासस
सम्बन्धित
प्रतिक्रिया