बिहीबार, जेठ २, २०८२

प्राकृतिक स्रोत आयोग र योगमाया विवि विधेयक प्रतिवेदन राष्ट्रियसभामा पेस

नेपालखोज २०७८ असार २८ गते १५:१७

काठमाडौं । राष्ट्रियसभामा ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दोस्रोे वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेस भएको छ । प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले प्रतिवेदन पेस गरेका हुन् ।

त्यस्तै विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङका तर्फबाट सदस्य देवेन्द्र दाहालले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पनि सभासमक्ष पेस गरेका छन् । राष्ट्रियसभाको अर्को बैठक यही असार २९ गते दिउँसो ३ बजे बस्नेछ ।

प्रतिक्रिया