खुला राजनीतिका लागि मैदानमा आउन प्रधानन्यायाधीश जबरालाई महेश बस्नेतकाे चुनौती

काठमाडाैं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई राजनीतिको मैदानमा आउन चुनौती दिएका छन् ।
सर्वोच्चको फैसलाविरुद्ध नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले सोमबार काठमाडौंको माइतिघर मण्डलमा गरेको विरोध सभामा बोल्दै उनले न्यायलयभित्र बसेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कार्यपालिका, व्यवस्थापिका र अन्य संवैधानिक निकायको अधिकार उपयोग गर्न खोजेको भन्दै खुल्ला राजनीतिका लागि मैदान आउन चुनौती दिएका हुन् ।
नेकपा एमालेले व्हीप उंलघन गर्ने सांसदहरुलाई कारबाही गर्न पाउदैन भनी आदेश दिएर प्रधानन्यायाधीश जबराले न्यायलयलाई अर्को राजनीतिक संस्था बनाएको आरोप बस्नेतले लगाए ।
उनले प्रधानन्यायाधीश आफू प्रधानमन्त्री बन्न्ने योजना साथ फैसला गरेको आरोप पनि लगाए । २०५२ साल देखि नै नेपालको राजनीतिक द्वन्द्वमा फसेको , सांसद किनबेच सुरु भएको भन्दै उनले अदालतको सोमबारको फैसलाले फेरी राजनीति द्वन्द्व, विकृति विसंगतीमा फसाएको दाबी गरे ।
नेकपा एमालेका २३ जना सांसदको आडमा निरंकुश र बैदेशिक क्रिया प्रतिक्रियावादीहरुको षडयन्त्रमा अदालतको फैसला आएको दाबी पनि उनले गरे ।
शेर बहादुर देउवासँग १ सय २१ भन्दा बढी भोट नभएको भन्दै १ सय ३६ भोट चाहिनेमा १ सय २१ भोट भएका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर सर्वोच्चले कार्यपालिका र व्यवस्थापिकाको , संबैधानिक निकायहरुको अधिकार उपयोग गर्न खोजेको आरोप पनि उनले लगाए ।
उनले निरंकुशहरु, लोकतन्त्र विरोधी शक्तिहरु, अधिनायवादी शक्तिहरु अन्तराष्ट्रिय सेटिङमा सर्वोच्च अदालतलाई आज घाँस खुवाएर फैसला गराएको आरोप लगाए ।
संबैधानिक इजलाश गठन हुने बेला देखि नै आफूहरुलाई शंका लागेको भन्दै उनले अदालतको फैसला प्रधानन्यायाधाीशले गरेको नभई अधिवक्ताहरु रमण श्रेष्ठ र शम्भु थापाको भएको जिकिर गरे ।
नेपालको कम्युनिष्ट आन्दोलनमाथि हमला हुने परिस्थिति श्रृजना भएको बताए । उनले मैदानमा नेकपा एमाले हेभी वेट भएर बसेकाले अन्य दलहरु निर्वाचनमा जान डराएको र मुलुक निर्दलियतातिर जान खोजेको बताए ।
प्रतिक्रिया